• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही

गुनासो एवं पृष्ठपोषण व्यवस्थापन सम्बन्धि निर्देशिका
(Complaint Response Guideline)


१. नीति
क्याम्पसलाई सरोकारवालाहरु बीचको समान स्वामित्वमा सहभागितामूलक रुपमा सञ्चालन गर्न र परस्पर विश्वास एवं हार्दिकतापूर्ण व्यवहार मार्फत गुणस्तरिय सेवा प्रवाह निश्चिन्त गर्न सरोकारवाला र शुभेच्छुकहरुबाट प्राप्त गुनासो एवं पृष्ठपोषणलाई उच्चतम महत्व दिंदै समग्र नीति एवं नियमहरुसंग एकीकृत गर्ने ।

२. उद्देश्य
सामुहिक स्वामित्व मार्फत क्याम्पस प्रति सरोकारवालाहरुको उच्चतम विश्वास एवं सद्भाव आर्जन गर्नका लागि प्राप्त हुने गुनासो एवं पृष्ठपोषणलाई अभिरुचीपूर्वक सुनुवाई गरी औचित्यका आधारमा नीति नियमसंग एकीकृत गर्ने ।

३. जिम्मेवारी
प्राप्त हुने गुनासो एवं पृष्ठपोषणहरुको अध्ययन गरी व्यवस्थापन गर्नका लागि क्याम्पसका एउटा गुनासो एवं पृष्ठपोषण व्यवस्थापन ईकाइ गठन गरिने छ । यसरी गठन हुने ईकाइले मौखिक वा लिखित रुपमा प्राप्त गुनासो एवं पृष्ठपोषणहरुको आवश्यक सुनुवाई गरी प्रशोधन, समाधान एवं अभिलेखिकरण गर्नुपर्ने छ ।

४. गुनासो एवं पृष्ठपोषण व्यवस्थापन सम्बन्धि व्यवस्था

४.१. गुनासो एवं पृष्ठपोषण व्यवस्थापनको कार्य विद्यार्र्थी कल्याण, विस्तारित गतिविधि तथा अतिरिक्त क्रियाकलाप इकाईले गर्ने गरी गठन
निम्न सदस्यहरु सहित इकाईको गठन हुनेछ । संयोजक, सदस्य सचिव र सदस्यहरुको छनोट क्याम्पसको शिक्षक क्रमचारी वैठकले गर्ने छ ।

नाम र पदइकाईमा भूमिका
शिक्षकसंयोजक
क्याम्पस व्यवस्थापन समिति वा साधारण सदस्य१ जना सदस्य
क्याम्पस व्यवस्थापन समिति वा साधारण सदस्य (महिला)१ जना सदस्य
स्वास्थ्य सम्बन्धित ज्ञान भएको कर्मचारी सके सम्म महिला१ जना सदस्य
विद्यार्र्थी गुणस्तर समुह (क्त्ग्म्भ्ल्त् त्तग्ब्ीक्ष्त्थ्) को प्रतिनिधि१ जना सदस्य
पूर्व विद्यार्थी परिषदको अध्यक्षपदेन सदस्य
विद्यार्थी (छात्र)१ जना सदस्य
विद्यार्थी (छात्रा)१ जना सदस्य
लेखा प्रमुखसदस्य सचिव

४.२. ईकाइको काम, कर्तव्य तथा अधिकार
क) गुनासो एवं पृष्ठपोषणको सुनुवाई गर्ने सम्बन्धी आवश्यक नीतिहरु तय गर्ने ।
ख) प्राप्त गुनासो एवं पृष्ठपोषणको रुजु, प्रशोधन, सुनुवाई एवं समाधान गर्ने ।
ग) प्राप्त गुनासो एवं पृष्ठपोषणको औचित्य हेरी क्याम्पसको नीतिमा समावेश गर्नु वाञ्छनिय देखिए कारण सहित खुलाएर व्यवस्थापन समिति समक्ष पेश गर्ने ।
घ) प्राप्त गुनासो एवं पृष्ठपोषणहरुको उचित अभिलेखिकरण गर्ने ।
ङ) औचित्यको आधारमा सार्वजनिक सुनुवाई आयोजना एवं व्यवस्थापन गर्ने ।
च) गुनासो एवं पृष्ठपोषण सम्बन्धि तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

५. गुनासो एवं पृष्ठपोषण व्यवस्थापन विधि
क) इच्छुक व्यक्तिले क्याम्पसमा राखिने गुनासो पेटिका, समाजिक संजाल, वेबसाइट, भ्ःक्ष्क्, आगन्तुक पुस्तिका मार्फत लिखित रुपमा वा सो कार्य हेर्ने भनी तोकिएको आधिकारिक व्यक्ति समक्ष मौखिक रुपमा आफ्नो गुनासो एवं पृष्ठपोषण टिपाउन सक्नेछ ।
ख) प्राप्त हुने गुनासो एवं पृष्ठपोषणहरु बेनामे भए पनि कारवाहीका लागि स्वीकार्य हुनेछ ।
ग) प्राप्त हुने गुनासो एवं पृष्ठपोषणहरु प्रति सामान्यतः ७ दिन भित्र प्रारम्भिक जवाफ दिनुपर्नेछ । बढीमा ४५ दिन भित्र यसको अन्तिम सम्बोधन भइसक्नुपर्नेछ ।
घ) ईकाइबाट सम्बोधन हुन नसक्ने गुनासाहरु यथासक्य चाँडो सञ्चालक समितिको वैठकमा पेश हुनेछ ।

६. गोप्यता
उजुरीकर्ता, गुनासोकर्ता वा पृष्ठपोषणकर्ताको नाम, ठेगाना लगायत व्यक्तिगत विवरणहरु व्यक्तिले ईच्छ्याएको बाहेक अवस्थामा गोप्य राख्नुपर्नेछ ।

top