• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही
२०६५

सूचना प्रविधि नीति (ICT Policy)

१. नीति
सूचना प्रविधिमा आधारित २१ औं शताब्दीको विकासक्रमसंगसंगै क्याम्पसका अवयवहरु पनि सञ्चालन हुनेगरी युगको आवश्यकतालाई सम्बोधन गर्न क्याम्पसको सूचना प्रवाह एवं व्यवस्थापन तथा प्रविधिको अधिकतम प्रयोग मार्फत प्रतिस्पर्धात्मक क्षमतामा गुणात्मक विस्तार गर्न आवश्यक रणनीति एवं योजनाहरु तय गर्दै प्रविधिमा आधारित पठनपाठन, सेवा प्रवाह तथा अभिलेखिकरण मार्फत क्याम्पसका काम कारवाहीलाई चुस्त दुरुस्त बनाउने ।

२. उद्देश्यः
प्रविधिको अधिकतम प्रयोग मार्फत क्याम्पसको आन्तरिक एवं बाह्य सूचनाहरुको व्यवस्थापन, प्रशोधन एवं प्रभावकारी उपयोग गरी लाभ प्राप्त गर्ने तथा प्रविधिमा आधारित पठन संस्कृतिको विकास गर्ने । तथ्य तथ्याँकहरु सहितको सूचनाको संरक्षण एवं उपलब्धतालाई निश्चित गरी क्याम्पसको समग्र कामकारवाहीलाई प्रभावकारी बनाउने ।

३. जिम्मेवारी
सूचना प्रविधिसंग सम्बन्धित कार्य गर्नेगरी क्याम्पसमा एक सूचना प्रविधि विभागको गठन गरिनेछ । यस नीति अनुकुल कार्य गर्नु क्याम्पससंग प्रत्यक्ष रुपमा सम्बद्ध सबैको दायित्व हुनेछ ।

४. सूचना प्रविधि विभागको गठन
क) क्याम्पसको सूचना प्रविधि विभागको गठन क्याम्पसका सञ्चालन समितिको निर्णय बमोजिम हुनेछ ।
ख) सञ्चालक समितिले सूचना प्रविधिसँग जानकार व्यक्तिलाई विभागको प्रमुखको रुपमा तोक्नेछ ।

५. विभागको काम, कर्तव्य र अधिकार
क) क्याम्पसमा सूचना प्रविधिको विकासको निम्ति आवश्यक नीति, योजना एवं कार्यक्रमहरुको तर्जुमा गर्ने ।
ख) भ्ःक्ष्क् मार्फत क्याम्पससंग सम्बन्धित सम्पूर्ण तथ्य तथ्याँकहरुको संरक्षण एवं अभिलेखिकरण गर्ने ।
ग) क्याम्पसका शैक्षिक एवं प्रशासनिक विभाग एवं शाखाहरुलाई सूचना प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक पृष्ठपोषण गर्ने ।
घ) सूचना प्रविधिको प्रयोग सम्बन्धमा आन्तरिक रुपमा तालिमहरुको आयोजना गर्ने ।
ङ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

६. सूचना प्रविधिको प्रयोग र प्रतिबन्ध
क) क्याम्पसको सूचना प्रविधि सम्बन्धी सामाग्रीहरुको प्रयोगमा क्याम्पसमा भर्ना भई अध्ययनरत सम्पूर्ण विद्यार्थी, अध्यायपनरत शिक्षक र कार्यरत कर्मचारीहरुलाई विशेष परिचय परिचय (आई. डी, नम्बर, आदि) मार्फत सहज पहँुच प्रदान गरिनेछ । यस्तो सामाग्रीहरु भन्नाले इन्टिरनेट÷वाईफाई, कम्यूटर, फोटोकपी मेसिन, अनलाईन सिस्टम, यूनिक लग ईन सेवा, ई लाइब्रेरी, भ्ःक्ष्क्, लगायत उपलब्ध अन्य सामाग्री एवं प्रविधिलाई बुझाउनेछ ।
ख) क्याम्पसको सूचना प्रविधि सम्बन्धी नीति नियमहरुको पूर्ण पालना गर्नु प्रत्येक प्रयोगकर्ताहरुको दायित्व हुनेछ ।
ग) सूचना प्रविधिको उपर्युक्त र प्रभावकारी प्रयोगका लागि जानकारीमूलक एवं सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिनेछ ।
घ) प्रयोगकर्ताले कपटपूर्ण, दुव्र्यवहारपूर्ण, अश्लिल, धम्कीपूर्ण वा अरुको आत्मसम्मानमा आँच पुर्याउने खालका सामाग्रीहरु डाउनलोड वा अपलोड गर्न, हेर्न वा पठाउने लगायत प्रचलित कानून र क्याम्पसको नियम विपरितका कार्यहरु गर्नु प्रतिबन्धित हुनेछ ।
ङ) प्रयोगकर्ताले कपिराइट र लाइसेन्स सम्बन्धि सम्पूर्ण प्रचलित कानून र क्याम्पसको नियमको पालना गर्नुपर्नेछ । क्याम्पसको सूचना सामाग्रीहरुको अवाञ्छित प्रयोग एवं बाँडफाँड नियम विपरित मानिनेछ ।
च) प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्दा क्याम्पसको नीति, नियम एवं मर्यादाको पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।
छ) क्याम्पस पूर्व स्वीकृति भएको बाहेक सूचना प्रविधि सम्बन्धि सामाग्रीहरु (तथ्य÷तथ्याँक सहित) को व्यवसायिक प्रयोग गरिने छैन ।

७. सूचना प्रविधि सामाग्री प्रतिको सम्मान र सुरक्षा
क ) कुनै दुर्घटना बाहेक नियतपूर्वक क्याम्पसको सूचना प्रविधि सामाग्रीहरुको अवाञ्छित प्रयोग एवं कार्यक्षमतामा ह्रास एवं आँच आउने कुनै काम गर्नु हँुदैन ।
ख) कम्युटर तथा नेटवर्कमा व्यक्तिको सुरक्षित पहुँच सुनिश्चित गर्न सूचनाहरुको अनधिकृत प्रयोग दुरुत्साहित गरिनेछ ।
ग) क्याम्पसको सूचना प्रविधि विभागको जिम्मेवारी प्राप्त व्यक्ति÷हरुले वैध कार्यका लागि सूचना सामाग्रीमा निर्वाध पहँुच प्राप्त गर्नेछ ।
घ) ईन्टरनेट तथा इन्ट्रानेटको सुरक्षित प्रवाहको व्यवस्थापनको लागि फायरवालको प्रयोग गर्न सकिनेछ ।
ङ) कम्युटरहरुको सुरक्षाको लागि नियमित रुपमा एन्टी भाइरस तथा सुरक्षा मापदण्डहरु अपडेट गरिनेछ ।

८. सूचना प्रविधि सम्बन्धि सामाग्रीको व्यवस्थापन
क) सूचना प्रविधि (हार्डवेयर र सफ्टवेयर) को खरीद, मर्मत सम्भार, तैनाथी, प्रयोग वा फरफारक (डिस्पोजल) लगायतका कार्य सार्वजनिक खरीद ऐन एवं क्याम्पसको विधि तय गरी गरिनेछ ।
ख)सूचना प्रविधि सम्बन्धि सामाग्रीको व्यवस्थापनका लागि भिन्दै क्तबलमबचम इउभचबतष्लन एचयअभमगचभक तयार पारिनेछ ।
ग)

. नीतिको उल्लंघन
यस नीति र क्तबलमबचम इउभचबतष्लन एचयअभमगचभक मा उल्लेख भएका प्रवन्धहरु विपरितका कार्यलाई क्याम्पसको समग्र नीति नियम विरुद्धको कार्य मानिनेछ ।

०. अनुगमन एवं समीक्षा
विभाग मार्फत निश्चित विधि तय गरी सुचना प्रविधि सामाग्रीहरुको प्रयोग, उपदेयता एवं प्रभावकारिता, अवस्थिति, आदि बारे आन्तरिक रुपमा आवधिक अनुगमन गरी प्रतिवेदन तयार पारिनेछ । सोही प्रतिवेदनको मूल्याँकन गरी नीतिको आवधिक समिक्षा एवं परिवर्तन समेत हुनसक्नेछ ।

top