• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही
२०६५

पुस्तकालय नीति एवं प्रक्रिया (Library Policy & Guideline)

१. नीति
एक्काईसौं शताब्दीका चुनौतीहरुको सामन गर्न सक्ने दक्ष मावन संशाधनको उत्पादन गर्नका लागि विद्यार्थीको पठन पाठनलाई समयानुकूल एवं नवप्रवर्तनात्मक बनाउन पुस्तकालयको विकास, विस्तार र आधुनिकीकरण गर्दै विद्यार्थीको सिकाई प्रतिको अभिरुचीलाई वृद्धि गर्ने तथा प्राज्ञिक उत्कृष्ठता हाँसिल गर्ने ।

२. उद्देश्य
पुस्तकालयलाई समयानुकुल रुपमा आधुनिकिकरण गर्दै विद्यार्थीका लागि प्रयोग मैत्री बनाउने तथा पुस्तकालयको प्रयोगलाई पठन संस्कृतिको एक अभिन्न अंगको रुपमा विकास गर्ने ।

३. जिम्मेवारी
पुस्तकालयको समग्र विकास, विस्तार र प्रयोग एवं सञ्चालन सम्बन्धी आवश्यक थप नीतिहरुको तर्जुमा गर्दै व्यवस्थापन गर्ने जिम्मेवार निकायको रुपमा क्याम्पसका एक पुस्तकालय सल्लाहकार समितिको गठन हुनेछ । पुस्तकालय सम्बन्धि सम्पूर्ण काम कारवाहीको जिम्मेवारी सोही समितिले निभाउनेछ ।

४. पुस्तकालय सल्लाहकार समिति
क्याम्पसको पुस्तकालयलाई विकास, विस्तार एवं समग्र व्यवस्थापन गर्न पुस्तकालय व्यवस्थापन समिति गठन गरिनेछ ।

४.१. समितिको गठन एवं वैठक
क) पुस्तकालय समितिको गठन क्याम्पस प्रमुखको परामर्शमा आन्तरिक गुणस्तर सुनिश्चिता समितिले गर्नेछ ।
ख) समितिको संयोजक प्रध्यापकहरु मध्येबाट चयन हुनेछ ।
ग) पुस्तकालय प्रमुखले समितिको सदस्य सचिवको रुपमा कार्य गर्नेछ ।
घ) समितिको वैठक महिनामा कम्तिमा एक पटक बस्नेछ ।
च) समितिका निर्णयहरुको प्रमाणीकरण संयोजकले गर्नेछ ।

पुस्तकालय व्यवस्थापन समिति

क्र.संपदसंख्या
१.प्रध्यापकसंयोजक
२.क्याम्पस व्यवस्थापन समिति वा साधारण सदस्य१ जना सदस्य
३.प्रध्यापक२ जना सदस्य (१ महिला, १ पुरुष)
४.विद्यार्थी२ जना सदस्य (१ महिला, १ पुरुष)
५.पुस्तकालय प्रमुख१ जना सदस्य सचिव

४.२. काम, कर्तव्य र अधिकार
क) पुस्तकालयको व्यवस्थापनसंग सम्बन्धित नीति, योजना एवं कार्यक्रमहरु तयार पारी लागू गर्ने ।
ख) पुस्तकालयको आधुनीनिकरण गर्ने एवं प्रविधि मैत्री बनाउनका लागि आवश्यक पहलकदमी लिनृे ।
ग) पुस्तकालयसंग सम्बन्धित तथ्याँकहरुको चुस्त दुरुस्त अभिलेखीकरण एवं विश्लेषण गर्ने ।
घ) पुस्तकालयमा आवश्यक एवं माग अनुसारका पुस्तकहरुको खरीदका लागि सञ्चालक समिति एवं क्याम्पस प्रमुखसँगको समन्वयमा आवश्यक कार्य गर्ने ।
ङ) अन्य विश्वविद्यालय तथा क्याम्पसका पुस्तकालयहरुसंग सहकार्य एवं नेटवर्क विस्तार गर्ने सम्बन्धमा आवश्यक पहलकदमी लिने ।
च) सामयिक रुपमा पुस्तकालयको अनुगमन गरी प्रतिवेदन तयार पार्ने ।
छ) क्याम्पसको पुस्तकालयको अधिकतम प्रयोगका लागि आवश्यक कार्यहरु गर्ने ।
झ) क्याम्पस सञ्चालन नियमवालीले तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने

५. विभागिय पुस्तकालय
केन्द्रीय पुस्तकालय बाहेक क्याम्पसका विभागहरुमा पनि विभागिय पुस्तकालयहरु रहनेछन्, जसलाई सामान्यत Mini Library भनिनेछ । यस्तो पुस्तकालयहरुमा मुख्यतः विभागसंग सम्बन्धित सन्दर्भ पुस्तकहरु रहनेछन् । यसको सञ्चालन पुस्तकालय व्यवस्थापन समितिसंगको समन्वय एवं जानकारी सम्बन्धित विभाग मार्फत नै हुनेछ ।

६. खरीद उपसमिति
पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक, सन्दर्भ सामाग्रीहरु एवं अन्य उपकरणहरु खरीद गर्नका लागि पुस्तकालय व्यवस्थापन समिति माताहत एक ३ सदस्सीय उपसमिति गठन गर्न सकिनेछ । यस्तो समितिले सार्वजनिक खरीद ऐन अनुकुल हुने गरी आवश्यक सामाग्रीहरुको खरीद गर्नुपर्नेछ ।

७. पुस्तकालय बजेट
क्याम्पसको पुस्तकालय सञ्चालन एवं व्यवस्थापनको लागि प्रत्येक वर्ष क्याम्पस सञ्चालक समितिले समग्र क्याम्पस बजेटको घटीमा १.५ प्रतिशत बजेट पुस्तकालयलाई विनियोजन गर्नेछ । त्यस बाहेक पुस्तकालयका लागि भनि तोकिएर प्राप्त भएको अनुदान, सहयोग एवं चन्दाबाट प्राप्त रकम पनि पुस्तकालय कोषमा जम्मा हुनेछ ।

८. पुस्तकालयबाट प्रदान गरिने सेवाहरुः
क्याम्पसको पुस्तकालयबाट सामान्यतः निम्न सेवाहरु उपलब्ध हुनेछन् ः
क) पुस्तक लैजाने÷फिर्ता गर्ने सेवा
ख) पठन स्थानको व्यवस्था
ग) फोटोकपी सेवा
घ) पुस्तकालय सम्बन्धि परामर्श सेवा
ङ) पुस्तकालयमा आउने-जानेको अभिलेखीकरण
च) नयाँ आएका पुस्तकहरुको प्रदर्शन
छ) ई – पुस्तकालय सेवा
ज) इन्टरनेट-वाईफाईको व्यवस्था
झ) किताब, सन्दर्भ सामाग्री, जर्नल, आदिको अभिलेख
ञ) अन्य सेवाहरु ।

९. पुस्तकालय खुल्ने समय
क्याम्पसको केन्द्रीय एवं विभागिय पुस्तकालय खुल्ने समय पुस्तकालय व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

१०. पुस्तकालय सम्बन्धी नियमहरु
क) आधिकारिक रुपमा पुस्तकालयको सदस्यता प्राप्त गरेको व्यक्तिले पुस्तकालयमा प्रवेश गरी पुस्तकालयका सामाग्रीहरुमा पहँुच पाउनेछ ।
ख) पुस्तकालयको सदस्यता प्राप्त व्यक्तिलाई पुस्तकालय बार कोडमा आधारित आई. कार्ड. प्रदान गरिनेछ ।
ग) आई. डी. कार्ड हराएमा वा विग्रिएमा निर्धारित शुल्क बुझाएर अर्को कार्ड प्राप्त गर्न सकिनेछ ।
घ) पुस्तकालयका पुस्तकहरु सामान्यतः बढीमा दुई पटक मात्र नविकरण हुन सक्नेछ । तर शिक्षकहरुको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।
ङ) पुस्तकालयको पुस्तक एक पटकमा १५ दिनका लागि जारी हुनेछ ।
च) पुस्तकालयमा भएका सन्दर्भ सामाग्री र जर्नलहरु पुस्तकालय भन्दा बाहिर लैजान पाइनेछैन ।
छ) जारी भएको पुस्तक हराएमा वा क्षति पुगेमा सम्बन्धित व्यक्ति जवाफदेही हुनेछ । यस्तोमा पुस्तकालय व्यवस्थापन समितिले तोकेको शुल्क बुझाउनु सम्बन्धित व्यक्तिको दायित्व हुनेछ ।
ज) कुनै पनि जारी भएको पुस्तक कारण सहित समय अघावै फिर्ता माग्ने अधिकार लाईब्रेरियनलाई हुनेछ ।
झ) एक व्यक्तिको नाममा जारी भएको पुस्तक पुस्तकालयको जानकारी बेगर अर्को व्यक्तिमा स्थानान्तरण हुन सक्नेछैन ।
ञ) पुस्तकालय भित्र लेखनको लागि प्रयोग हुने बाहेकका सामाग्री जस्तै– झौला, छाता, सुटकेश, आदि लैजान बन्देज हुनेछ । त्यस्ता सामाग्रीहरु पुस्तकालय भन्दा बाहिरै व्यवस्थापन गर्नुपर्नेछ ।
ट) पुस्तकालय भित्र व्यक्तिगत वा सामुहिक अनुशासनको परिपालन गर्नुपर्नेछ ।
ठ) पुस्तकालय सम्बन्धि नियमहरु पुस्तकालय व्यवस्थापन समितिले थपघट गर्न सक्नेछ ।

top