• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

अनुसन्धान नीति (Research Policy)

१. नीति
उच्च शिक्षामा अनुसन्धानको अनिवार्यतालाई अध्ययन अध्यायपनको अभिन्न आवश्यकतको रुपमा विस्तार गर्दै क्याम्पसमा अनुसन्धानमुखी संस्कृतिको विकास गरी प्राज्ञिक उत्कृष्टता हाँसिल गर्ने दिशाउन्मुख रुपान्तरण हुँदै शिक्षक एवं विद्यार्थीको ज्ञानको दायरा प्रतिस्पर्धात्मक हुने गरी विस्तार गर्ने र सो का लागि आवश्यक संरचना एवं सामाग्रीहरुको व्यवस्थापन गरी क्याम्पसको लक्ष्य उन्मुख हुने गरी प्रभावकारी सञ्चालन एवं व्यवस्थापन गर्ने ।

२. उद्देश्य
क) क्याम्पसमा अनुसन्धानमुखी क्रियाकलापहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रणनैति, भौतिक, प्राविधिक, बजेट सहित आवश्यक नियम, विधि एवं प्रकृया निश्चित गर्दै शिक्षक एवं विद्यार्थीलाई अनुसन्धानका लागि प्रोत्साहित गर्ने तथा समन्वयात्मक रुपमा कार्य गर्दै प्राज्ञिक उत्कृष्टता हाँसिल गर्ने तर्फ उन्मुख हुने ।

३. जिम्मेवारी
क्याम्पसमा सञ्चालन गरिने सम्पूर्ण प्रकारका अनुसन्धानमुखी क्रियाकलापहरु अनुसन्धान व्यवस्थापन समिति मार्फत सञ्चालित हुने गरी व्यवस्था गरिने छ । सो सम्बन्धी सम्पूर्ण जिम्मेवारी यसै समितिमा अन्तरनिहित रहनेछ ।

४. अनुसन्धान व्यवस्थापन समिर्ति
क्याम्पस मार्पmत सञ्चालन हुने विभिन्न अनुसन्धनात्मक क्रियाकलापहरुलाई शैक्षिक उत्कृष्टता हुने गरी योजनावद्ध सञ्चालनका लागि अनुसन्धान व्यवस्थापन समितिको गठन गरिनेछ ।

४.१. अनुसन्धान व्यवस्थापन समितिको गठन
क) अनुसन्धान व्यवस्थापन समितिको गठन हुनेछ ।
ख) संयोजक र सदस्यहरुको मनोनयन क्याम्पस प्रमुखको परामर्शमा आन्तरिक गुणस्तर सुनिश्चिता समितिले गर्नेछ ।
ग) सदस्यहरु मध्येबाट एक जनालाई संयोजकले सदस्य सचिवको रुपमा नियुक्ति दिनेछन् ।
घ) संयोजकको परामर्शमा सदस्य सचिवले वैठकको आव्हान गर्नेछ । वैठक वस्नु कम्तिमा २४ घण्टा अगाडी तय गरिएका छलफलका विषयवस्तु समेत खुलाएर सो सम्बन्धी जानकारी सदस्यहरुलाई दिनुपर्नेछ ।
ङ)समितिको वैठक महिनामा कम्तिमा एक पटक बस्नेछ । वैठकको निर्णयहरुको प्रमाणीकरण संयोजकले गर्नेछ ।

अनुसन्धान व्यवस्थापन समिति

क्र.संपदसंख्या
१.विभागीय प्रमुखसंयोजक
२.क्रमचारीसचिव
३.शिक्षक४ जना सदस्य
४.विद्यार्थी२ जना सदस्य (१ छात्र, १ छात्रा)
५.अनुसन्धान विषयको शिक्षक१ जना सदस्य सचिव

४.२. काम, कर्तव्य र अधिकार
क) क्याम्पसमा अध्यायन अध्यायपनलाई अनुसान्धानमुखी बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्ने ।
ख) तय गरिएका नीति, योजना तथा कार्यक्रमहरु लागू भए नभएको सम्बन्धमा प्रत्येक तीन महिनामा अनुगमन गरी प्रतिवेदन तयार पार्ने ।
ग) अनुसन्धनात्मक क्रियाकलापहरु बढाउन गोष्ठी, सेमिनार, तालिम लगायतका कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्ने ।
घ) अनुसन्धानका लागि स्थानिय, क्षेत्रिय वा राष्ट्रिय रुपमा आव्हान हुने अवसर अवसरहरु प्रतिस्पर्धा गर्नका लागि प्रस्तावना तयार पारी पेश गर्ने ।
ङ) निश्चित विधि तय गरी क्याम्पसमा आन्तरिक रुपमा अनुसन्धानका अवसरहरुको लागि आव्हान एवं छनौट गर्ने ।
च) क्याम्पसको अनुसन्धनात्मक जर्नल प्रकाशनका लागि सम्पूर्ण व्यवस्थापन गर्ने ।
छ) अनुसन्धानका लागि सञ्चालक समितिबाट प्राप्त हुने नियमित बजेट बाहेक अन्य स्रोतहरु समेतको खोजी गर्ने ।
ज) क्याम्पस सञ्चालन नियमवालीले तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने

५. अनुसन्धान बजेट
क्याम्पसमा अनुसन्धानमुखी क्रियाकलापहरु सञ्चालन गर्नका लागि सञ्चालक समितिले वार्षिक रुपमा क्याम्पसको कुल बजेटको १.५ प्रतिशत नघट्ने गरी बजेटको व्यवस्था गर्नेछ । यस बाहेक अनुसन्धानका लागि भनि तोकिएर प्राप्त भएको अनुदान, सहयोग चन्दा एवं समिति स्वयंको काम तथा पहलकदमीबाट प्राप्त हुने आर्थिक स्रोत पनि सोही समितिकै कोषमा जम्मा हुनेछ ।

६. अनुसन्धानका प्रकार
क्याम्पसमा सामान्यतः २ प्रकारका अनुसन्धान क्रियाकलाप हुनेछन्: नियमित र विशेष ।

नियमितविशेष
– क्याम्पसमा अध्ययनरत विद्यार्थीले गर्ने नियमित किसिमका अनुसन्धानहरु
– थेसिस
– प्रोजेक्ट वर्कहरु
– मिनि रिसर्च
– फ्याकल्टी रिसर्च
– इन्टिच्युसनल रिसर्च
– सहकार्यात्मक रिसर्च
– अन्य

६.१. नियमित अनुसन्धान
क) पाठ्यक्रमको आवश्यकतामा आधारित भई गरिने अनुसन्धानलाई नियमित अनुसन्धानको रुपमा बुझिनेछ ।
ख) नियमित अनुसन्धानका कार्यहरु सामान्यतः विषयगत विभागको नेतृत्वमा सञ्चालन गरिनेछ ।
ग) विभाग अन्तर्गत सञ्चालन हुने अनुसन्धानको समग्र जानकारी अनुसन्धान व्यवस्थापन समितिलाई दिनुपर्नेछ ।
घ) अनुसन्धान व्यवस्थापन समितिले विभाग मार्फत हुने अनुसन्धानात्मक कार्यहरुलाई मार्गनिर्देश गर्न सक्नेछ ।

६.२. विशेष अनुसन्धान
क) नियमित बाहेक क्याम्पसका शिक्षक विद्यार्थीलाई अनुसन्धानात्मक अवसरहरु सिर्जना गर्दै व्यवसायिक एवं प्राज्ञिक दक्षतामा अभिवृद्धि गर्नका लागि सञ्चालन गरिने अनुसन्धानात्मक कार्यलाई विशेष अनुसन्धानको रुपमा बुझिनेछ ।
ख) विशेष अनुसन्धानसंग सम्बन्धित सम्पूर्ण कार्यहरु अनुसन्धान व्यवस्थापन समिति मार्फत गरिनेछ ।

६.२.१. विशेष अनुसन्धान सम्बन्धी व्यवस्था
विशेष अनुसन्धान सम्बन्धी कार्य सञ्चालन एवं व्यवस्थापनका लागि तपसील बमोजिम व्यवस्था गरिएको छ:

क) मिनि अनुसन्धान (Mini Research)
य अनुसन्धान व्यवस्थापन समितिले प्राथमिकता तय गरेको क्षेत्र वा विषयसँग सम्बन्धित अनुसन्धान गर्नका लागि क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई प्रतिस्पर्धाका आधारमा मिनि अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।
य यस अनुसन्धानका लागि छनौट भएको व्यक्तिलाई अनुसन्धानात्मक कार्य सम्पन्न गर्नका लागि जम्मा रु. ३५,०००/– ( पैतिस हजार रुपैयाँ मात्र) अनुदान प्रदान गरिनेछ । यस्तो अनुदान दुई किस्तामा प्रदान गरिनेछः

क) पहिलो किस्ता: अनुसन्धानका लागि प्रस्तावना छनौट भई रीतपूर्वक सम्झौता सम्पन्न भएको १५ दिन भित्र ।
ख) दोश्रो किस्ता: अनुसन्धान सम्पूर्ण रुपमा सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भएको १५ दिन भित्र ।
– यस अनुसन्धान सम्पन्न गर्ने समयावधी बढीमा ६ महिनाको हुनेछ ।
– प्रत्येक वर्ष कम्तिमा ३ जनालाई मिनि अनुसन्धानका लागि अनुदान प्रदान गरिनेछ ।
– यस अनुसन्धान व्यक्तिगत वा सामुहिक रुपमा गर्न सकिनेछ ।

ख) फ्याकल्टी अनुसन्धान
– अनुसन्धान व्यवस्थापन समितिले प्राथमिकता तय गरेको क्षेत्र वा विषयसँग सम्बन्धित अनुसन्धान गर्नका लागि क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई प्रतिस्पर्धाका आधारमा फ्याकल्टी अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।
– यस अनुसन्धानका लागि छनौट भएको व्यक्तिलाई अनुसन्धानात्मक कार्य सम्पन्न गर्नका लागि जम्मा रु. १००,०००/– ( एक लाख रुपैयाँ मात्र) अनुदान प्रदान गरिनेछ । यस्तो अनुदान तीन किस्तामा प्रदान गरिनेछः

क) पहिलो किस्ता ( रु. ४०,०००/-): अनुसन्धानका लागि प्रस्तावना छनौट भई रीतपूर्वक सम्झौता सम्पन्न भएको १५ दिन भित्र ।
ख) दोश्रो किस्ता ( रु. ३०,०००/-): अनुसन्धान सम्झौता सम्पन्न भएको ६ महिना पछि अनुसन्धानको कार्य प्रगति प्रतिवेदनको आधारमा ।
ग) अन्तिम किस्ता ( रु. ३०,०००/-): अनुसन्धान सम्पूर्ण रुपमा सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भएको १५ दिन भित्र ।
– यस अनुसन्धान सम्पन्न गर्ने समयावधी बढीमा एक वर्षको हुनेछ ।
– प्रत्येक वर्ष कम्तिमा २ वटा प्रस्तावनालाई फ्याकल्टी अनुसन्धानका लागि अनुदान प्रदान गरिनेछ ।
– यस अनुसन्धान कार्यका लागि क्याम्पसमा कम्तिमा ३ वर्ष देखि प्राध्यापनरत् पूर्णकालिन शिक्षकको नेतृत्वमा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्ययनरत कम्तिमा दुई जना विद्यार्थी समेत संलग्न हुने गरी समुह बनाउनु पर्नेछ ।
ग) सहकार्यात्मक अनुसन्धान
– अनुसन्धान व्यवस्थापन समितिले प्राथमिकता तय गरेको क्षेत्र वा विषयसँग सम्बन्धित अनुसन्धान गर्नका लागि यस क्याम्पस र अन्य क्याम्पस वा अनुसन्धानमूलक सस्थाहरु बीच सहकायात्मक रुपमा अनुसन्धान गर्नका लागि प्रतिस्पर्धाका आधारमा सहकार्यात्मक अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।
– यस अनुसन्धानका लागि छनौट भएको समुहलाई अनुसन्धानात्मक कार्य सम्पन्न गर्नका लागि क्याम्पसका तर्फबाट जम्मा रु. ३००,०००/– ( तीन लाख रुपैयाँ मात्र) अनुदान प्रदान गरिनेछ । यस्तो अनुदान तीन किस्तामा प्रदान गरिनेछः
क) पहिलो किस्ता ( रु. १००,०००/-): अनुसन्धानका लागि प्रस्तावना छनौट भई रीतपूर्वक सम्झौता सम्पन्न भएको १५ दिन भित्र ।
ख) दोश्रो किस्ता ( रु. १००,०००/-): अनुसन्धान सम्झौता सम्पन्न भएको एक वर्ष पछि अनुसन्धानको कार्य प्रगति प्रतिवेदनको आधारमा ।
ग) अन्तिम किस्ता ( रु. १००,०००/-): अनुसन्धान सम्पूर्ण रुपमा सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भएको १५ दिन भित्र ।
– यस अनुसन्धान सम्पन्न गर्ने समयावधी बढीमा दुई वर्षको हुनेछ ।
– प्रत्येक वर्ष कम्तिमा एक वटा प्रस्तावनालाई सहकार्यात्मक अनुसन्धानका लागि अनुदान प्रदान गरिनेछ ।
– यस अनुसन्धान कार्यका लागि क्याम्पसमा कम्तिमा ५ वर्ष देखि प्राध्यापनरत् पूर्णकालिन शिक्षकको नेतृत्वमा थप दुई जना शिक्षक तथा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्ययनरत कम्तिमा दुई जना विद्यार्थी समेत संलग्न हुने गरी समुह बनाउनु पर्नेछ ।

६.२.२. गोष्ठी/सेमिनार/तालिम
क) सामान्यतः क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले गोष्ठी÷सेमिनार÷तालिम लगायतका कार्यक्रमहरु आयोजना गर्नेछ । तर समितिसंगको समन्वयमा विषयगत विभाग वा संकायहरुले पनि यस्तो कार्यक्रम आयोजना गर्न सक्नेछन् ।
ख) अनुसन्धान व्यवस्थापन समितिले सामान्यतः वर्षको एक पटक क्याम्पस स्तरीय अनुसन्धान तालिम, दुई पटक सेमिनार तथा आवश्यकता अनुसार गोष्ठीको आयोजना गर्नेछ ।
ग) समितिले वर्षमा एक पटक कम्तिमा प्रदेश स्तरीय हुने गरी गोष्ठी÷सेमिनार÷तालिम मध्य उपर्युक्त कार्यक्रम आयोजना गर्नेछ ।
घ) क्याम्पस भन्दा बाहिर आयोजना हुने गोष्ठी÷सेमिनार÷तालिममा सहभागिताको लागि सम्बन्धित विभागले व्यक्तिको मनोनयन गर्नेछ । तर यसको जानकारी विभागले समितिलाई दिनुपर्नेछ ।

७. शर्तहरु निर्धारण
क्याम्पसबाट प्रदान गरिने अनुसन्धान अनुदानका लागि विस्तृत छनौट विधि अनुसन्धान व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

८. जर्नल प्रकाशन
अनुसन्धान व्यवस्थापन समितिको संयोजकत्वमा क्याम्पसबाट कम्तिमा वार्षिक रुपमा एउटा अनुसन्धान जर्नलको प्रकाशन हुनेछ । त्यसबाहेक विषयगत विभागहरुले पनि स्वतन्त्र रुपमा यस्तो जर्नलहरु प्रकाशन गर्न सक्नेछन् तर सो को जानकारी समितिलाई दिनुपर्नेछ ।

९. प्रोत्सहान
क्याम्पसको आफ्नै वा अन्य कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशन गरे वापत क्याम्पसमा प्राध्यापनरत प्राध्यापकलाई प्रोत्साहन वापत समितिले तय गरे अनुरुप निश्चित रकम उपलब्ध गराईनेछ ।

१०. अन्य
क्याम्पसमा अनुसन्धानसंग सम्बन्धित विषयहरुको स्पष्टता आवश्यक भएमा अनुसन्धान व्यवस्थापन समितिको वैठकबाट निर्धारण भए अनुसार हुनेछ ।

top