• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही
२०६५

विद्यार्थी भर्ना, प्रतिधारण तथा परामर्श नीति (Student Enrollment, Retention & Orientation Policy)

१. विद्यार्थी भर्ना नीति (Student Enrollment Policy)
शैक्षिक उत्कृष्ठता हाँसिल गर्ने क्याम्पसको नीति अनुकुल हुने गरी विद्यार्थी भर्ना नीति एवं प्रक्रियाहरु तय गरिएको छ ।

१.१. उद्देश्यः
क) क्याम्पसमा विद्यार्थीको भर्नालाई जवाफदेहीता सहितको जिम्मेवारी एवं निरन्तर गुणस्तर अभिवृद्धि गर्ने ।
ख) भर्ना प्रक्रियामा पारदर्शीता एवं विश्वसनियता कायम गर्दै क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीको समान पहूँचलाई निश्चित गर्ने ।
ग) भर्ना प्रक्रियालाई समयानुकूल बनाउँदै सहजता ल्याउने । सो का लागि विद्युतिय प्रविधिको प्रयोग समेतलाई जोड दिंदै समय एवं आर्थिक भारलाई कम गर्ने ।

१.२. भर्नाका सिद्धान्तहरु
क) सामान्य भर्ना प्रक्रिया
त्रिभुवन विश्वविद्यालयको भर्ना नीति प्रतिकूल नहुने गरी क्याम्पसको भर्ना समिति समेतले निर्धारण गरेका नीति एवं मापदण्ड अनुसार हुने गरी क्याम्पसमा विद्यार्थीको भर्ना लिइनेछ । आवश्यकता अनुसार भर्ना समितिले निर्धारण गरे बमोजिम क्याम्पसमा सञ्चालित फरक फरक विषयहरुमा फरक फरक भर्ना प्रक्रिया अवलम्बन गर्न सकिनेछ ।
ख) भर्नाका शर्तहरु
क्याम्पसमा सञ्चालितक कार्यक्रमहरुमा भर्ना प्राप्त गर्नका लागि निर्धारण गरिएका प्रक्रियाहरुको पालना गर्नुपर्नेछ र सो अनुसारका कागजातहरु संलग्न गर्नुपर्नेछ । सो मार्फत विद्यार्थीको अभिरुची भएको विषयमा उसको क्षमता एवं अनुकूलताको जाँच हुनेछ ।
ग) समान पहँुच
क्याम्पसमा सञ्चालित सबै शैक्षिक कार्यक्रमहरुमा निर्धारित गरिएका भर्ना सम्बन्धी मापदण्ड अनुकूल हुने गरी विद्यार्थीको समान पहुँचको अवसरलाई निश्चित गरिनेछ । मापदण्ड बाहेकका अन्य कुनै पनि आधारहरुमा कसैलाई पनि भर्नामा विभेद गरिने छैन ।
घ) परामर्श सेवा
क्याम्पसका भर्ना सम्बन्धी मापदण्ड एवं आवश्यकताहरुको सम्बन्धमा सूचनाको सहज प्रवाह एवं पारदर्शीताको लागि आवेदकहरुलाई वैयक्तित वा सामुहिक परामर्श सेवा उपलब्ध गराइनेछ ।
ङ) सामयिक
भर्ना सम्बन्धि नीति एवं कार्यक्रमहरुको सामयिक परिमार्जन गर्नका साथै चुस्त रुपमा सम्पन्न गर्ने ।

.३. विद्यार्थी भर्ना समिति
क्याम्पसमा सञ्चालित वा भविश्यमा सञ्चालन हुन सक्ने विभिन्न नियमित, आंशिक, छोटो अवधिका तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रमहरुका लागि गरिने विद्यार्थी भर्ना प्रक्रियालाई क्याम्पसको नीति तथा मापदण्ड अनुकुल हुने गरी पारदर्शी, विश्वसनिय र सहभागितामूलक बनाउने गरी कार्य गर्नका लागि एक भर्ना समितिको गठन गरिनेछ ।

१.३.१. समितिको गठन
क) समितिको गठन क्याम्पस सञ्चालक समितिको वैठकले गर्नेछ । समिति बढीमा ५ सदस्सीय हुनेछ ।
ख) भर्ना समितिको संयोजक क्याम्पस प्रमुख रहनेछ ।
ग) विद्यार्थी भर्ना हेर्नेगरी जिम्मेवारी तोकिएको व्यक्ति समितिको सदस्य सचिव हुनेछ ।
घ) समितिको वैठक आवश्यता अनुसार बस्नेछ ।

१.३.२.समितिका कार्यहरु
क) क्याम्पसको विद्यार्थी भर्ना सम्बन्धमा आवश्यक नीति नियम एवं मापदण्डहरु तयार पार्ने ।
ख) विद्यार्थी भर्नालाई पारदर्शी, व्यवस्थित एवं विश्वसनिय बनाउने ।
ग) क्याम्पसमा विद्यार्थी भर्ना संख्यामा वृद्धि गर्न आवश्यक योजना एवं रणनीतिहरु तय गरी कार्यान्वयन गर्ने ।
घ) भर्ना सम्बन्धी आवेदनहरु प्राप्त गर्ने, मूल्याँकन गर्ने, प्रवेश परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने ।
ङ) भर्ना सम्बन्धी सामाग्रीहरुको प्रकाशन एवं प्रशारण गर्ने ।
च) भर्ना प्रति ईच्छुक विद्यार्थीहरुलाई परामर्श एवं सहजीकरण गर्ने
छ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

१.४. आवेदन प्रक्रिया
त्रिभुवन विश्वविद्यालयले केन्द्रीय रुपमै विद्यार्थी भर्नाका लागि आवेदन माग गरेपछि क्याम्पसले पनि सोही अनुकूल हुने गरी स्थानिय स्तरमा भर्नाको सूचना प्रकाशन गर्नेछ । भर्नाका लागि सामान्यत निम्न कागजातहरु आवश्यक पर्नेछ ।
स्थानीय विद्यार्थीलाईः
क) रीतपूर्वक भरिएको भर्ना फारम ।
ख) आवेदित तह भन्दा तल्लो तह उत्तिर्ण प्राप्ताङक तथा प्रमाणपत्र ।
ग) नियमानुसारको आवेदन शुल्क जम्मा गरेको भौचर ।
अन्तराष्ट्रिय विद्यार्थीलाईः
क) अन्तराष्ट्रिय विद्यार्थी भर्नालाई प्रोत्सान गरिने छ । अन्तराष्ट्रिय विद्याथीलाई आवश्यक पर्ने भिसा, बसाई, अभिमुखिकरण आदिको व्यवस्थापन भर्ना समितिले गर्ने छ ।
ख) अन्तराष्ट्रिय विद्यार्थी भर्नाका लागि आवश्यक पर्ने अन्य कागजातहरु भर्ना समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

१.५. भर्ना प्रकृया
क्याम्पसको भर्ना प्रकृयालाई सहज, छिटो छरितो, प्रभावकारी एवं गुणस्तरिय बनाउन भर्नाको निम्न प्रकृया अवलम्बन गरिनेछ ।
क) भर्नाका लागि आवेदन खुला भएको सूचना प्रकाशन/प्रशारण ।
ख) प्रत्यक्ष वा विद्युतिय माध्यामबाट आवेदनको प्राप्ति ।
ग) प्राप्त आवेदनको मूल्याँकन गरी प्रवेश परीक्षाका लागि सूचना प्रकाशन ।
घ) प्रवेश परीक्षाको सञ्चालन ।
ङ) प्रवेश परीक्षाको नतिजा प्रकाशन ।
च) प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीको अन्तरवार्ता सञ्चालन ।
छ) भर्नाका लागि छनौट भएका विद्यार्थीहरुको अन्तिम नामावली प्रकाशन ।
ज) भर्ना भएका विद्यार्थीहरुको EMIS सिस्टममा अभिलेखीकरण ।

१.६. भर्ना, मासिक शुल्क एवं अन्य शुल्कहरुको निर्धारण
क्याम्पसमा विद्यार्थीसंग सम्बन्धित शुल्कहरुको निर्धारण क्याम्पस सञ्चालक समितिले गरे बमोजिम हुनेछ र सो को परिपालन गर्न विद्यार्थीको कर्तव्य हुनेछ । तर बेला बेलामा हुनसक्ने शुल्क पूनरावलोकनका क्रममा सरोकारवालाको रुपमा आधिकारिक स्वतन्त्र विद्यार्थी यूनियन वा प्रतिनिधि संस्थासंग आवश्यक छलफल गरी राय संकलन गरिनेछ । यद्यपी, सम्बन्धित सबै शुल्कहरु पारदर्शी रुपमा क्याम्पसको आधिकारिक वेभसाइटमा प्रकाशन गरिनेछ ।

२. प्रतिधारण नीति (Retention Policy)
नेपालको उच्च शिक्षामा देखिएको विद्यार्थीको ड्रप आउट (Drop out) को क्याम्पस स्तरिय समाधानका लागि तपसिल बमोजिम Retention नीति तय गरिएको छ:
क) EMIS मार्फत प्रत्येक विद्यार्थीको तथ्याँक संकलन गरी उसको समग्र शैक्षिक प्रगतिको मूल्याँकन गर्ने तथा आवश्यकता अनुसार पृष्ठपोषण एवं परामर्श सेवा उपलब्ध गराउने ।
ख) आवधिक रुपमा Student satisfaction survey गरी त्यसबाट प्राप्त निष्कर्ष एवं सुझावहरुलाई कार्यान्वयन गर्ने ।
ग) क्याम्पसबाट प्रदान गरिने शैक्षिक एवं प्रशासनिक सेवाहरुलाई सहज बनाई विद्यार्थीमुखी बनाउने ।
घ) परामर्श सेवा केन्द्र मार्फत विद्यार्थीलाई आईपर्ने दैन्दिन समस्याहरुको सुनुवाई गरी समाधानका लागि पहल गर्ने ।
ङ) अति आवश्यकहरुका लागि On study job को व्यवस्था मिलाउन अधिकतम पहल गर्ने ।
च) विद्यार्थीको क्याम्पस जीवनलाई उत्कृष्ट अनुभूत गराउन आवश्यक वातावरण एवं कार्यक्रमहरुको आयोजना गर्ने ।
छ) आवश्यकता बमोजिममा अन्य कार्यहरु गर्ने ।

३. परामर्श नीति (Orientation Policy)
क्याम्पसमा आधिकारिक रुपमा भर्ना भएका विद्यार्थीहरुको लागि सम्बन्धित विभाग र क्याम्पस प्रशासनको संयुक्त आयोजनामा Orientation कार्यक्रमको आयोजना गरी शैक्षिक कार्यक्रम, पाठ्यक्रम, विद्यार्थीले परिपालन गर्नुपर्ने दायित्व, अनुशासन, शैक्षिक एवं प्रशासनिक सेवाहरु, आदिको बारेमा जानकारी प्रदान गरिनेछ । सो क्रममा सम्बन्धित कार्यक्रमका शिक्षक र विद्यार्थी बीच परिचय गराउनुका साथै कक्षा सञ्चालन हुने मिति, आन्तरिक तथा वाह्य परीक्षाको मिति, परीक्षा, गृहकार्य, प्रस्तुतिकरण, कक्षा कोठामा हुनुपर्ने न्यूनतम उपस्थिति लगायतका विषयहरुमा पनि जानकारी प्रदान गरिनेछ । इचष्भलतबतष्यल कार्यक्रममा विद्यार्थीका जिज्ञासा एवं आवश्यकताहरुको समेत सम्बोधन गरिनेछ । सो कार्यक्रममा सामान्यत विद्यार्थीलाई निम्न कुराहरु प्रदान गरिनेछ:
क) विद्यार्थी एवं पुस्तकालय परिचय पत्र ।
ख) क्याम्पस तथा शैक्षिक एवं प्रशासनिक सेवाहरु सम्बन्धि जानकारी समेटिएको हाते किताब ।
ग) वार्षिक शैक्षिक क्यालेण्डर ।
घ) कक्षा सञ्चालनको समय तालिका, आदि ।

top