• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

Ex-Student

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही

पर्राेहा बहुमुखी क्याम्पस, पूर्व विद्यार्थी मञ्चको विधान, २०७६

प्रस्तावनाः–
स्थापनकालदेखि विभिन्न समयमा क्याम्पसमा भर्ना भई अध्ययन सम्पन्न गरी आफ्नो कार्यक्षेत्रमा रहेका पूर्वविद्यार्थीलाई उनीहरुको अनुभव एवं साथ सहयोग प्राप्त गरी क्याम्पसको गुणस्तरिय विकासका खातिर एकीकृत गर्नका लागि क्याम्पसको विधानले दिएको अधिकार प्रयोग गरी एवं गैर नाफामूलक रुपमा सञ्चालन हुन पर्राेहा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्च’ गठन गरी कार्य सञ्चालनका लागि यो कार्यविधि तयार पारिएकोछ ।

परिच्छेद – १ प्रारम्भिक

१. संस्थाको नामः–

१.१ संस्थाको नामः– संस्थाको पूरा नाम नेपालीमा पर्राेहा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्च’ र अंग्रेजीमा एबचचयजबः– गतिष्उभि ऋबmउगक ब्गिmलष् ब्ककयअष्बतष्यल रहनेछ ।
१.२ संस्थाको कार्यालयः– यस संस्थाको कार्यालय क्याम्पस मा रहनेछ । अन्य स्थानहरुमा समेत आवश्यकता अनुसार शाखा कार्यालय वा सम्पर्क कार्यालय खोल्न सकिनेछ ।
१.३ यो संस्था अविछिन्न उत्तराधिकारवाला स्वसासित संगठित गैर नाफामूलक संस्था हुनेछ । यसले चल–अचल सम्पत्ति खरिद–विक्री गर्न, ऋण दिन र लिन सक्नेछ । यो संस्थाको नामबाट नालेश उजूर गर्न र सोही नामबाट संस्था उपर समेत नालेश उजुर गर्न सकिनेछ ।

२.परिभाषाः–
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमाः–

२.१ “संस्था” भन्नाले पर्राेहा क्याम्पस बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चलाई सम्झनु पर्छ ।
२.२ “विधान” भन्नाल पर्राेहा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चको विधानलाई जनाउने छ ।
२.३ “पदाधिकारी” भन्नाले मञ्चको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षलाई जनाउँदछ ।
२.४ “अध्यक्ष” भन्नाले यस विधान बमोजिम निर्वाचित मञ्चको अध्यक्षलाई जनाउँदछ ।
२.५ “उपाध्यक्ष” भन्नाले यस विधान बमोजिम निर्वाचित मञ्चकोे उपाध्यक्षलाई जनाउँदछ ।
२.६ “सचिव” भन्नाले मञ्चको सचिवलाई जनाउँदछ ।
२.७ “कोषाध्यक्ष” भन्नाले मञ्चको कोषाध्यक्षलाई जनाउँदछ ।
२.८ “सदस्य” भन्नाले मञ्चको सदस्यलाई जनाउँदछ ।
२.९ “कार्यक्रम” भन्नाले मञ्च अन्र्तगत सञ्चालन गर्ने कार्यक्रमलाई जनाउँदछ ।
२.१० “शुल्क” भन्नाले यस विधान अनुसार तोकिएको साधारण सदस्यता, आजीवन सदस्यता आदि रकमलाई जनाउँछ ।
२.११ “अनुदान” भन्नाले यस विधान अनुसार तोकिएको कार्यक्रम गर्दा वा कुनै लक्षित कार्यका लागि साधारण सदस्य, सहयोगी वा दातृ निकायबाट प्राप्त नगद वा जिन्सीलाई जनाउँछ ।
२.१२ “कोष” भन्नाले यस विधान अनुसार लक्षित कार्यक्रमका लागि संकलन भएको संचित रकमलाई जनाउँछ ।
२.१३ “पूर्व विद्यार्थी” भन्नाले यस पर्राेहा बहुमुखी क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रमको अवधि समापन भएपछि स्वतः पूर्व विद्यार्थी मानिने छ ।

३. मञ्चको छाप र चिन्हः–
मञ्चको छाप र चिन्ह मञ्चको वैठकले तोके बमोजिम हुनेछ ।

परिच्छेद – २ उद्देश्य

४. संस्थाको उद्देश्यः–
यस संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछ ।

४.१ पर्राेहा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु एकजुट बनाई क्याम्पसको भौतिक तथा शैक्षिक स्तरोन्नतीको लागि सहकार्य गर्न कृयाशिल बनाउने ।
४.२ पर्राेहा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीको क्याम्पससँगको सामिप्यता निरन्तर वनाउने ।
४.३ पर्राेहा बहुमुखी क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक गतिविधिमा सहयोगात्मक संलग्न हुने ।
४.४ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा क्याम्पससँगको सहकार्यमा विभिन्न अतिरिक्त र सहक्रियाकलाप सञ्चालन गर्ने ।
४.५ श्रोत जुटाई कोषको स्थापना गर्ने र विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने ।
४.६ पर्राेहा बहुमुखी क्याम्पसको समग्र शैक्षिक विकासमा सहयोग गर्ने ।
४.७ पर्राेहा बहुमुखी क्याम्पसका विभिन्न समस्या समाधानको पहलकदमी गर्ने ।
४.८ समयानुकुल अन्य सामाजिक कार्य गर्ने ।
४.९ चेतनामूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।

५. संस्थाको कार्यहरुः–
यस संस्थाले उल्लेखित उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ ।

५.१ संस्थाले पर्राेहा बहुमुखी क्याम्पस अन्तर्गत रहेर विभिन्न क्रियाकलाप मार्फत उद्देश्य प्राप्तिका कार्य गर्नेछ ।
५.२ संस्थाले पर्राेहा बहुमुखी क्याम्पसका देश तथा देश बाहिर रहेका पूर्व विद्यार्थीहरुलाई अधिक रुपमा समावेश र समन्वय गर्ने कार्यक्रमहरु गर्नेछ ।
५.३ संस्थामा हुने आर्थिक कारोवारहरुका लागि बैंक खाता मार्फत कोष सञ्चालन गर्नेछ ।
५.४ संस्थाले नेपाल सरकारका कुनै पनि नीति नियम तथा कानुनहरुसँग नबाझिने हदमा रही उद्देश्य कार्यान्वयन गर्ने कार्य गर्नेछ ।
५.५ संस्थाले कुनै पनि काम गर्दा वा पर्राेहा बहुमुखी क्याम्पस र सम्बन्धित निकायसँग समन्वय गरी गर्नेछ ।
५.६ क्याम्पसको शैक्षिक, भौतिक एवम् सामाजिक विकासका लागि विभिन्न पक्षहरुमा योजना बनाई निर्माण–सुधारका कार्यहरु गर्नेछ।
५.७ क्याम्पसले सञ्चालन गरिरहेका कार्यक्रममा समयानुकुल आवश्यक थप कार्यक्रमका निम्ति अध्ययन गरी सञ्चालनका लागि सुझाव प्रदान गर्ने ।

परिच्छेद – ३ सदस्यता


६. सदस्यताको वर्गिकरणः–

६.१ यस संस्थामा देहाय बमोजिमका सदस्यहरु रहनेछन्ः–
(क) साधारण सदस्यः– यस विधानको दफा ६ को उपदफा २ बमोजिम योग्यता पुगी दफा ७ को उपदफा १ (ख) बमोजिम शुल्क तिरेका यस क्याम्पसका पूर्व विद्यार्थीहरु साधारण सदस्य रहनेछन् ।
(ख) संस्थापक सदस्यः– यस संस्थाको आजीवन सदस्य रही पहिलो साधारण सभामा उपस्थित सम्पूर्ण पूर्व विद्यार्थीहरु संस्थापक सदस्य रहनेछन् । प्राविधिक कारणले विदेशमा रहेको भए निवेदन मार्फत साधारण सभाको दिनसम्म संस्थाको इमेलमा लिखित निवेदन दिएमा ती आजीवन सदस्यलाई पनि संस्थापक सदस्य मानिनेछ ।
(ग) आजीवन सदस्यः– यस विधानको दफा ६ को उपदफा २ बमोजिम योग्यता पुगी दफा ७ को उपदफा १ (ख) बमोजिम शुल्क तिरी प्रक्रिया पुरा गरेका पूर्व विद्यार्थीहरु आजीवन सदस्य रहनेछन् ।
(घ) मानार्थ सदस्यः– यस संस्थालाई विशेष सहयोग पु¥याउने विशिष्ट व्यक्तिहरुलाई संस्थाको सञ्चालक समितिको बैठकले आवश्यकता ठानेमा मानार्थ सदस्य प्रदान गर्न सक्नेछ र उक्त सदस्यलाई साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

६.२ सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः
(क) संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्ति पर्राेहा बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी हुनुपर्नेछ ।
(ख) मानसिक सन्तुलन नगुमाएको ।
(ग) कालो सूचीमा नपरेको ।
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पूरा गरेको १ वर्ष नाघेको ।

७. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः–

७.१ सदस्यता शुल्कः–
यस संस्थाको सदस्यता प्राप्तिका लागि देहाय बमोजिमको सदस्यता शुल्क बमोजिमको रकम प्रदन गर्नुपर्नेछ ः
क) एकमुष्ठ रु १००० ।– (एक हजार) वा सो भन्दा बढी नगद सहयोग गर्ने व्यक्ति यस संस्थाको आजीवन सदस्य हुनेछन् ।
ख) साधारण सदस्यको लागि रु १०० (एक सय) वार्षिक शुल्क लाग्ने छ । सो शुल्क एकमुष्ठ रुपमा अग्रिम बुझाउनु पर्नेछ ।
७.२. सदस्यता समाप्त हुने अवस्थाः– देहायका अवस्थामा कुनै पनि व्यक्ति संस्थाको सदस्य रहने छैन ।
(क) पर्राेहा बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी नभएको प्रमाणित भएमा ।
(ख) सदस्यको मृत्यु भएमा ।
(ग) कुनै सदस्यको गतिविधि विरुद्ध साधारण सभाका २ तिहाई सदस्यले अविश्वास प्रस्ताव पास गरी हटाएमा ।
(घ) मानसिक सन्तुलन गुमाएमा ।
(ङ) सदस्यता शुल्क बुझाउन बाँकी रहेमा ।
(च) संस्थाले निर्धारण गरेको आचार संहिता पालना नगरेको प्रमाणित भएमा ।
(छ) सदस्यले आफ्नो पदबाट दिएको लिखित राजिनामा स्वीकृत भएमा ।

कुनै व्यक्तिलाई संस्थाको सदस्यतामा बहाल रहन अयोग्य ठह¥याउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाइको सबुत पेश गर्ने मौका दिनुपर्ने छ ।

परिच्छेद–४ साधारण सभा तथा बैठक सम्बन्धि व्यवस्था


८. साधारण सभाः–
साधारण सभा देहाय बमोजिम हुनेछन् ।

अ) बार्षिक साधारण सभा
आ) विशेष साधारण सभा
(क) सामान्यतया वर्षको १ पटक संस्थाको साधारण सभा बैठक बोलाईनेछ तथा अधिवेशन प्रत्येक ३ वर्षमा बोलाइने छ ।
(ख) विशेष कारण र विषय समेत खुलाई विशेष अधिवेशन बोलाई पाँउ भन्ने व्यहोराको सम्पूर्ण सदस्य संख्याको ३३ प्रतिशत सदस्यहरुले संस्थाकोे अध्यक्ष समक्ष लिखित आवेदन गरेमा विशेष अधिवेशन बोलाइनेछ ।
(ग) साधारण अधिवेशनको हकमा १५ दिन अगावै र विशेष अधिवेशनको हकमा ७ दिन अगावै सभा हुने स्थान, मिति, समय र विषय खुलाई पूर्व सूचना दिनु पर्नेछ ।
(घ) साधारण सभाको लागि गणपूरक संख्या पहिलो पटक ५१ प्रतिशत, दोस्रो पटक ⅓ (एक तिहाई) र तेस्रो पटक ¼ (एक चौथाई) उपस्थित सदस्य संख्यालाई मानिने छ ।

८.१. साधारण सभा सम्बन्धी कार्यविधिः–
(क) प्रथम पटक बोलाइएको साधारण सभामा छलफल हुने विषय सहितको लिखित सूचना प्रत्येक सदस्यहरुलाई स्थानीय पत्रिका वा एफ.एम.वा अन्य कुनै विद्युतिय माध्यमबाट १५ दिन अगावै दिइनेछ ।
(ख) विशेष साधारण सभामा छलफल हुने विषय सहितको सूचना कम्तिमा ७ दिन अगाडि सबै सदस्यहरुलाई दिइनेछ ।

८.३. साधारण सभाको काम कर्तव्य र अधिकारः–
(क) साधारणसभा संस्थाको सर्वोच्च निकाय हुनेछ,
(ख) संस्थाको वार्षिक कार्ययोजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ग) कार्यसमितिको निर्वाचन गर्ने,
(घ) संस्थाको वार्षिक आय व्यय प्रतिवेदन तथा बजेट अनुमोदन गर्ने,
(ङ) संस्थाको मूल उद्देश्यमा फरक नपर्ने गरी विधान संशोधन गर्ने,
(च) लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने ।

८.४ साधारण सभाको अधिवेशन सभामा भाग लिनका लागि
साधारण सदस्य प्राप्त गरेको २ वर्ष पूरा हुनुपर्ने छ र आजीवन सदस्यताको लागि साधारण सभाको मिति घोषणा भएको ३ महिना अगाडि सदस्य बनि सकेको हुनुपर्ने छ ।

९. कार्य समितिः–

९.१. पर्राेहा बहुमुखी क्याम्पस, पूर्व विद्यार्थी मञ्चलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न गराउन कार्यकारी निकायका रुपमा एक कार्यसमिति रहनेछ, जसमा निर्वाचित र मनोनित गरी देहाय बमोजिमका पदाधिकारी रहनेछन् ।

क्र.संपदसंख्या
१.अध्यक्ष१ जना
२.उपाध्यक्ष१ जना
३.सचिव१ जना
४.कोषाध्यक्ष१ जना
५.सहसचिव१ जना
६.सदस्य५ जना
जम्मा११ जना

छ) सम्पूर्ण संख्याको कम्तिमा ३३% महिला हुनुपर्ने, अध्यक्ष वा उपाध्यक्षमा र सचिव तथा सहसचिव मा समेत महिला हुनुपर्ने र पदाधिकारी सदस्यहरु निरन्तर दोस्रोपटक सम्म मात्रहुनुपर्ने ।
ज) कार्यसमितिले आवश्यकता अनुसार सल्लाहकारहरु मनोनयन गर्न र उपयुक्त सम्झेका व्यक्तिहरुलाई कार्यसमितिको वैठकमा आमन्त्रण गर्न सक्नेछ ।

९.२. कार्यकालः– कार्यसमितिको कार्यकाल गठन भएका मितिले ३ वर्षको हुनेछ । पदावधि समाप्त भएको ६ महिना भित्र नयाँ कार्यसमिति अनिवार्य रुपमा गठन गर्नु पर्ने छ । कार्यसमितिका पदाधिकारी वा सदस्यहरुको पद आफ्नो कार्यकाल भन्दा अगाडि निम्न अवस्थामा रिक्त हुनेछ । तर अधिवेशन हुन ६ महिना भन्दा कम समय रहेमा पदपूर्ति गर्न बाध्य हुने छैन ।
क) अध्यक्षले उपाध्यक्षलाई सम्वोधन गरी र अन्य पदाधिकारीले अध्यक्षलाई सम्वोधन गरी दिएको राजिनामा कार्यसमितिवाट स्वीकृत भएमा ।
ख) विधानको दफा ६ को उपदफा २ ले तोके अनुसारको सदस्यता कायम नरहेमा वा अविश्वासको प्रस्ताव पारित भएमा ।
ग) कुनै मुनासिव कारण र सूचना वेगर कार्यसमितिको बैठकमा लगातार ३ पटक सम्म अनुपस्थित भएमा ।
घ) विधान विपरीत आचरण गरेको आरोपमा निलम्बित भएकोमा सो निलम्वन फुकुवा नभएसम्म ।

९.३. कार्यसमितिको बैठक, गुणपरक संख्या र अध्यक्षताः–
कार्यसमितिको बैठक सधारणतया प्रत्येक महिनामा एक पटक बस्नु पर्नेछ । बैठकको गणपुरक संख्या ५१ प्रतिशत उपस्थिति हुनेछ र बहुमतको निर्णय नै बैठकको निर्णय मानिनेछ । मत वरावर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ । कार्यसमितिको वैठकमा छलफल हुने विषय सहितको सूचना साधारणतया ७ दिन अगाडि सबै पदाधिकारीहरुलाई पत्र, टेलिफोन वा अन्य कुनै विद्युतिय माध्यमबाट उपलब्ध गराइनेछ ।

१०. कार्यसमितिको काम कर्तव्य र अधिकारः–
कार्यसमितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क) पर्राेहा बहुमुखी क्याम्पसका शैक्षिक गुणस्तर सुधारको लागि भौतिक विकासमा सहयोग पु¥याउने विधानको परिच्छेद २ मा उल्लेख भएको उद्देश्य प्राप्तिका निम्ति आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने । अल्पकालिन तथा दीर्घकालीन रणनैतिक योजना बनाई सोही बमोजिमको कार्यक्रम बनाई लागु गर्ने
ख) संस्थाको काम कारोवारको नियमित सुपरिवेक्षण, निर्देशन र नियन्त्रण गर्ने,
ग) साधारण सभा वा विशेष साधारण सभाले पारित गरेका प्रस्ताव कार्यन्वयन गर्ने,
घ) संस्थाको हितका निम्ति आवश्यक कार्यहरु गर्ने,
ङ) संस्थाको काम प्रभावकारिता साथ सम्पन्न गर्न आवश्यकता अनुसार उपसमिति एवम् सल्लाहकारको व्यवस्था गर्ने,
च) संस्थाको आयस्रोत बृद्धि गर्र्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने,
छ) साधारण सभामा बार्षिक प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा बजेट पेस गर्ने,
ज) कार्यसमितिले आफुमा निहित रहेको अधिकार निर्णय गरि अध्यक्ष वा कुनै पदाधिकारी वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ,
झ) कार्यसमितिको कुनै पदाधिकारी वा सदस्य आफ्नो पदमा नरहेमा वा काम गर्न नसक्ने भई पद रिक्त भएमा वाँकी अवधिको लागि मनोनयन गरी पदपूर्ति गर्ने,
ञ) नेपाल सरकारबाट मान्यता प्राप्त लेखापरीक्षकद्वारा लेखा परीक्षण गराउने ।
ट) आर्थिक श्रोत जुटाउने ।

परिच्छेद –५ काम कर्तव्य र अधिकार


११. संस्थाका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

११.१ अध्यक्षकोे काम कर्तव्य र अधिकारः–
क) संस्थाको हित र प्रगतिका लागि सदा सक्रिय नेतृत्व प्रदान गर्ने,
ख) कार्यसमिति र साधारण सभाको वैठक बोलाउने,
ग) साधारण सभा, विशेष साधारण सभा र कार्यसमितिको बैठकको अध्यक्षता गर्ने,
घ) कार्यसमिति र साधारण सभाले पारित गरेका निर्णयहरु कार्यन्वयन गर्ने गराउने,
ङ) कार्यसमिति र साधारण सभाले तोकेका अन्य कामहरु गर्ने ,
च) संस्थाको प्रतिनिधित्व गर्ने ।

११.२ उपाध्यक्षको काम, कर्तव्य र अधिकारः–
क) अध्यक्षको काममा सघाउने,
ख) अध्यक्षको अनुपस्थितिमा बैठक र साधारण सभाको अध्यक्षता गर्ने,
ग) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सवै काम गर्ने तर आर्थिक कारोवारको सन्र्दभमा समितिको निर्णय बमोजिम मात्र गर्ने,
घ) तोकिए बमोजिमका अन्य काम गर्ने ।

११.३ सचिवको काम कर्तव्य र अधिकारः–
क) अध्यक्षको सामान्य निर्देशनमा रही वैठक वा सभा बोलाउने,
ख) निर्णय पुस्तिकामा निर्णय प्रमाणित गराई अभिलेख राख्ने,
ग) संस्थाको प्रशासकीय रेखदेख, जनसम्पर्क र पत्राचार गर्ने,
घ) संस्थालाई कानुन ममोजिम नवीकरण गर्ने,
ङ) संस्थाको वार्षिक लेखा परीक्षण प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने ।
च) संस्थाको प्रवक्ता भई काम गर्ने ।

११.४ कोषाध्यक्षको काम कर्तव्य र अधिकार
(क) संस्थाको वार्षिक अनुमानित बजेट बनाउने ।
(ख) संस्थाको समितिको आर्थिक लेखा दुरुस्त राख्ने ।
(ग) आर्थिक प्रतिवेदन तयार गरी सभा वा वैठकमा पेश गर्ने ।
(घ) कोषको लेखा परिक्षण गराउने ।
(ङ) सदस्यता नविकरण गर्ने ।
(च) कोष वृद्धि गर्नकोलागि आवश्यक पहल गर्ने ।
(छ) शुल्क उठाउने ।
(ज) आवश्यक अन्य कामहरु गर्ने ।

११.५ सह–सचिवको काम, कर्तव्य र अधिकार
(क) सचिवलाई कार्य सञ्चालनमा सहयोग गर्ने ।
(ख) संस्थाको निर्णय कार्यान्वयन गर्न सक्रिय रहने ।
¬(ग) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

११.६ सदस्यको काम, कर्तव्य र अधिकार
(क) संस्थाको निर्णय कार्यान्वयन गर्न सक्रिय रहने ।
(ख) कार्यसमितिको वैठकमा उपस्थित भई आफ्नो राय दिने ।
(ग) तोकिएका अन्य कार्यहरु गर्ने

परिच्छेद ६ – संस्थाको कोष


१२. आर्थिक व्यवस्थाः–

कोष– संस्थाको आफ्नो छुट्टै कोष रहने छ, जसमा देहाय बमोजिम प्राप्त रकमहरु समाविष्ट गरिने छ ।
क) क्याम्पसवाट प्राप्त हुने सहयोग
ख) सदस्यताबाट प्र्राप्त रकम
ख) दान वा उपहार स्वरुप प्राप्त रकम,
ग) संस्थालाई नेपाल सरकार, कुनै संघ संस्था, स्वशासित निकाय व्यक्ति वा अन्तराष्ट्रिय निकायबाट प्राप्त नगदी जिन्सी सहायता दान, उपहार
घ) संस्थाले उठाएको शुल्क, उपार्जित रकम
च संस्थाको रकमबाट प्राप्त व्याज र अन्य रकम

परिच्छेद ७ – संस्थाको कोष


१२. आर्थिक व्यवस्थाः–

कोष– संस्थाको आफ्नो छुट्टै कोष रहने छ, जसमा देहाय बमोजिम प्राप्त रकमहरु समाविष्ट गरिने छ ।
क) क्याम्पसवाट प्राप्त हुने सहयोग
ख) सदस्यताबाट प्र्राप्त रकम
ख) दान वा उपहार स्वरुप प्राप्त रकम,
ग) संस्थालाई नेपाल सरकार, कुनै संघ संस्था, स्वशासित निकाय व्यक्ति वा अन्तराष्ट्रिय निकायबाट प्राप्त नगदी जिन्सी सहायता दान, उपहार
घ) संस्थाले उठाएको शुल्क, उपार्जित रकम
च संस्थाको रकमबाट प्राप्त व्याज र अन्य रकम

परिच्छेद ८ – संस्थाको कोष


१२. आर्थिक व्यवस्थाः–

कोष– संस्थाको आफ्नो छुट्टै कोष रहने छ, जसमा देहाय बमोजिम प्राप्त रकमहरु समाविष्ट गरिने छ ।
क) क्याम्पसवाट प्राप्त हुने सहयोग
ख) सदस्यताबाट प्र्राप्त रकम
ख) दान वा उपहार स्वरुप प्राप्त रकम,
ग) संस्थालाई नेपाल सरकार, कुनै संघ संस्था, स्वशासित निकाय व्यक्ति वा अन्तराष्ट्रिय निकायबाट प्राप्त नगदी जिन्सी सहायता दान, उपहार
घ) संस्थाले उठाएको शुल्क, उपार्जित रकम
च संस्थाको रकमबाट प्राप्त व्याज र अन्य रकम

१३. बैङ्क वा वित्तिय संस्थामा खात खोल्नेः–

(क) संस्थाको रकम बैङ्क वा वित्तिय संस्थामा खाता खोली राखिनेछ । खाता संचालन अध्यक्ष, सचिव, कोषाध्यक्षको संयुक्त दस्तखत मध्ये कुनै दुईको दस्तखतबाट हुनेछ तर अध्यक्षको दस्तखत अनिवार्य रहने छ ।
(ख) संस्थाको आय व्ययको लेखा परीक्षण प्रत्येक बर्ष गरिने छ । लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य विवरण सम्बन्धित कार्यालयहरुमा आवस्यकता अनुसार पेश गरीनेछ ।

१४. संस्थाको आर्थिक बर्षः–
प्रत्येक वर्षको श्रावण १ गते देखि सुरु भै आषाढ मसान्त सम्म हुनेछ ।

परिच्छेद ९ – निर्वाचन


१५. निर्वाचन प्रक्रियाः–
(क) साधारण सभाले निर्वाचन कार्य सम्पन्न गर्न एकजना निर्वाचन अधिकृत र दुई जना सदस्य नियुक्त गर्न सक्नेछन् ।
(ख) निर्वाचन अधिकृतले प्रचलित निर्वाचन सम्वन्धी सामान्य न्यायिक सिद्धान्त र प्रक्रिया अपनाई निर्वाचन कार्यक्रम प्रकाशित गरी संस्थाका निर्वाचित हुने पदहरुको निवार्चन प्रक्रिया संचालन गर्नेछ । नयाँ कार्यसमितिको निर्वाचन साधारण सभा हुने दिनमा नै सम्पन्न हुने गरी कार्यक्रम बनाउनु पर्नेछ । निर्वाचन सन्दर्भमा कुनै विवाद उत्पन्न भएमा निर्वाचन अधिकृतको निर्णय अन्तिम हुनेछ । निर्वाचन परिणाम घोषणा भएपछि निर्वाचन अधिकृतको पदावधि स्वतः समाप्त हुनेछ ।

१६. मनोनयन वा उम्मेदवार हुन अयोग्यताः–
(क) संस्थाको रकम हिनामिना गरी बाँकी रहेको व्यक्ति,
(ख) संस्थामा बुझाउन पर्ने आफू जिम्माको रकम फर–फारक नगरेको व्यक्ति,
(ग) संस्थासँग आर्थिक सम्बन्ध वा स्वार्थ गाँसिएको व्यक्ति ।
(घ) न्यूनतम २ वर्षे साधारण सदस्य भएको र ६ महिना पूर्व आजीवन सदस्यता प्राप्त नगरेको व्यक्ति

१७. सपथः– निर्वाचन कार्य सम्पन्न भएपछि अध्यक्षले निर्वाचन अधिकृत समक्ष र उपाध्यक्ष लगायत अन्य निर्वाचित व्यक्तिले अध्यक्ष समक्ष सपथ लिनु पर्नेछ ।

१८. अविश्वासको प्रस्ताव र निष्काशनः–
१) कार्यसमितिका अध्यक्ष वा कुनै पदाधिकारी वा सदस्यले विधान विपरीत आचरण गरी संस्थाको सम्पत्ति वा प्रतिष्ठामा समेत आँच आउने काम गरेको छ वा भएको छ भन्ने कुरा साधारण सदस्यहरुको ३३% प्रतिशत सदस्यहरुले कारण सहितको प्रस्ताव सहित कार्यसमितिमा लिखित अनुरोध गरेमा विशेष साधारण सभा वोलाईनेछ र सभाको २/३ बहुमतले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा त्यस्तो अभियोग लागेको पदाधिकारी वा सदस्य निष्कासित वा खारेज भएको मानिने छ ।
२) अविश्वास प्रस्ताव पेस गर्दा कम्तिमा सात दिन अगावै कार्यसमितिले आरोपित पक्षलाई लिखित जानकारी दिनुपर्नेछ ।
३) आफ्नो सफाई पेस गर्ने मनासिव मौकाबाट कसैलाई बन्चित गरिने छैन ।
४) एक पटक अविश्वासको प्रस्ताव अस्वीकृत भएकोमा ६ महिनासम्म पुनः सोही ढङ्गको प्रस्ताव ल्याउन पाइने छैन ।

१९. विधान संशोधनः–
साधारण सभामा उपस्थित सदस्यहरुले यो विधानको कुनै प्रावधान संशोधन गर्न आवश्यक ठानेमा दुई तिहाई बहुमतले पारित गरी आवश्यक संशोधन गर्न सक्नेछ ।

२०. दायित्व सर्नेः–
यस संस्थाले विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा कुनै कारणवश यो संस्था खारेज वा विघटन भएमा यसको सम्पूर्ण चल अचल श्री सम्पत्ति एवम् दायित्व स्वतः ।।।।। बह’म’खी क्याम्पसकोे हक लाग्ने छ ।

२१. काम कारवाही मान्य हुनेः–
क) यो विधान लागू हुनु भन्दा अगाडि गठित संस्थाको तदर्थ समितिले गरेको काम कारवाही यसै विधान बमोजिम गरेको सरह मानि मान्य हुनेछ । यस विधानमा उल्लेख भएका विषयमा यसै बिधानमा लेखिए बमोजिम र अन्यमा कार्यसमितिको निर्णय बमोजिम हुनेछ । यस विधानमा लेखिएका कुराहरु प्रचलित ऐन कानुनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।

२२. नियम बनाउन सक्नेः– संस्थाले आफ्नो कार्यसम्पादन सहज ढङ्गले संचालन गर्न आवश्यक नियमहरु बनाउन सक्नेछ ।

२३. संस्था नविकरणः– नेपाल सरकारको प्रचलित कानुन अनुसार संस्था नविकरण गरीनेछ ।

२४. संस्था खारेजीः–
(क) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्नसक्नेछ ।
(ख) कुनै कारणवश संस्था खारेज वा निलम्वन भएमा संस्थाको नगद, जिन्सी लगायत सम्पूर्ण चल–अचल सम्पत्ति सिद्धार्थ गौतम वुद्ध क्याम्पसकोे हुनेछ ।

२५. ऐन अनुसार हुनेः– यस विधानमा उल्लेख नभएका विषयहरु प्रचलित कानून बमोजिम हुनेछन् । विधानमा उल्लेख भएको कुनै विषय र संस्था दर्ता सम्बन्धी ऐन तथा प्रचलित कानूनसँग बाझिएमा विधानमा उल्लेखित कुराहरु स्वतः निष्क्रिय हुनेछ ।

२६. विविधः–
(क) कार्यसमितिले संस्थाको काम कारवाही व्यवस्थित र छिटो छरितो अगाडी बढाउन आवश्यकता अनुसार सल्लाहकार, परामर्शदाता नियुक्ती गरी वा उपसमिति गठन गरी कामको जिम्मा लगाउन सक्नेछ ।
(ख) कुनै पदाधिकारी वा सदस्यले राजिनामा दिनुपर्दा, अध्यक्षले उपाध्यक्ष समक्ष र अन्य पदाधिकारी वा सदस्यले अध्यक्ष समक्ष पेश गर्नुपर्नेछ । यसरी प्राप्त भएको राजिनामा समितिले सम्बन्धित पदाधिकारी वा सदस्यबाट सनाखत गराई स्वीकृत गर्न सक्नेछ । कुनै कारणबाट रिक्त हुन आएको कार्यसमितिको पदमा बाँकी अवधि सम्मका लागि कार्यसमितिले नियुक्त गर्न सक्नेछ ।
(ग) यस विधानमा उल्लेखित कुनै प्रवधानको सम्बन्धमा विवाद उत्पन्न भई व्याख्या गर्नुपरेमा समितिले गरेको व्याख्या संस्थाका सम्पूर्ण सदस्यहरुलाई मान्य हुनेछ ।

पूर्व विद्यार्थी मञ्चको वर्तमान समिति

S.NNameDesignation
1.Mr . Tika Ram PaudelPresident
2.Mr . Yam Bahadur SankizaVice President
3.Miss. Bishnu KhatriSecretary
4.Mr.Puran chaudharyJoint Secretary
5.Mr.Rohit PaudelTreasurer
6.Mrs. Puja KhanalJoint Treasurer
7.Miss. Shila PhachhavayaMember
8.Miss. Babita ChaudharyMember
9.Mr. Suman shresthaMember
10.Mrs.Punam ChhetriMember
11.Mr. Prabin BhattaraiMember
12.Miss. Jharna SharmaMember
13.Miss .Santi SapkotaMember
14.Mrs. Puja B.KMember
15.Mr. Dipendra ChapagainMember
16.Miss. yuba kala ChaudharyMember
17.Miss. Sabitri PaudelMember
18.Miss. Rita ChaudharyMember
19.Mrs. Pratiskhya PaudelMember
top