• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369
पर्राेहा बहुमुखी क्याम्पसको तेह्रौ क्याम्पस सभा

पर्राेहा बहुमुखी क्याम्पसको तेह्रौ क्याम्पस सभा सम्पन्न, शिक्षालाई व्यवसायी, आधुनिकीकरण र प्रविधिकरण बनाउन जोड

२०८० फागुन १०

पर्राेहा बहुमुखी क्याम्पसको तेह्रौ क्याम्पस सभा तथा पाँचौ अधिवेशन सुरु भएको छ l बिहिवार क्याम्पसको प्राङ्गणमा आयोजित तेह्रौ क्याम्पस सभाको समउद्घाटन लुम्बिनी प्रदेश संसाद तथा पुर्वस्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

सो अवसरमा प्रदेश संसाद भोजप्रसाद श्रेष्ठले पर्राेहा बहुमुखी क्याम्पसले प्राप्त गरेको शैक्षिक सफलताले यस क्षेत्रको शिक्षा बिकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

विधार्थिहरुमा विज्ञान र प्राविधिप्रतिको बढ्दो आकर्षणलाई नयाँपन दिन विधालय तथा क्याम्पसले सोहि अनुसारको शिक्षा पद्धति अपनाउनुपर्ने आवश्यकता उल्लेख गर्नुभयो ।

पुलपुलेसा, बाटोघाटाे र भौतिक पुर्वधारलाई मात्रै विकास मान्ने मानसिकता भन्दा माथि उठेर शैक्षिक र मानवीय विकासतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।

संसाद श्रेष्ठले शिक्षाको विकास बिना देशमाथि उठ्न नसक्ने भन्दै शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औल्याउँदै शिक्षाको गुणस्तर वृद्धि, शिक्षालाई व्यवसायीक, आधुनिकीकरण र प्रविधिकरण बनाउनेतर्फ जोड दिनुभयो ।

पछिल्लो समय प्लस टु सकिनासाथ विधार्थि र युवाहरु बिदेशीने क्रमले गर्दा नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्यून भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले अव सरकारले नै उचित निति ल्याउन तथा न्यायोचित शिक्षा प्रणाली अवलम्बन गरि कार्यन्वयन पक्षमा जोड दिनुुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले पर्राेहा बहुमुखी क्याम्पसले देशमै उत्कृष्ट नतिजा दिदै सैनामैना कै पहिचान दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसको शैक्षिक सफलताको शुभकामना दिनुभयो ।

पढाइ सर्टिफिकेट प्राप्तका लागि मात्रै नभएर जिवनउपयोगी सिकाई सिकाउदै विश्वमै प्रतिस्पर्धा गर्ने खालको विधार्थि उत्पादनतर्फ विधालय र क्याम्पसले ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षालाई मुख्य प्राथमिकता दिँदै नगरपालिका शैक्षिक गुणस्तर विकासमा अघि बढेकाे बताउदै प्रमुख शर्माले प्राविधिक शिक्षातर्फका विषय सैनामैनाका विधालयमा पढाई भैरहेकोले यस क्षेत्रका विधार्थिलाई यहीँ पढाउनुपर्ने अभियानमा सबैको साथ सहयोग र सहकार्य गर्दै जानुपर्ने बताउनुभयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष खुशीराम चौधरीले क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सैनामैना नगरपालिकामा क्रियाशील राजनीतिक दल, शिक्षाप्रेमी, समाजसेवी, तथा बुद्विजीवी व्यक्तित्वहरूको स्थानीयस्तरमै उच्च शिक्षाको पहुँच उपलब्ध गराउने अभिलाशाले तत्कालिन पर्राेहा गा.वि.सको आर्थिक सहयोग र पर्राेहा मा.वि.को भौतिक सहयोगमा वि.सं. २०६७ मा ‘पर्रोहा बहुमुखी क्याम्पस’ नामाकरण गरी यस क्याम्पसको स्थापना गरिएको थियो अध्यक्षकाे प्रतिबेदनमा उल्लेख गरिएको थियाे।

क्याम्पसकाे शैक्षिक प्रतिबेदन क्याम्पस प्रमुख हेम शर्माले प्रस्तुत गर्नु भएको थियाे ।

बिगतमा २१ जना विद्यार्थीबाट वि.वि.एस. कक्षा शुभारम्भ गरिएको यस क्याम्पसमा हाल शैक्षिक वर्ष २०८०÷०८१ मा प्रथम वर्षमा भर्ना भएका विद्यार्थी सहित क्याम्पसको रेकर्ड अनुसार हाल करिव ३३३ जना विद्यार्थीहरु रहेकाे क्याम्पस प्रमुख शर्माले बताउनु भएको थियाे ।

सैनामैनाको वार्ड नं ४ मा एघार कट्ठा एक धुर क्षेत्रफल जग्गामा रहेको पर्राेहा बहुमुखी क्याम्पसको दुईवटा भवनमा गरी २१ वटा कोठा रहेको जसमा कक्षाकोठा,कम्प्यूटर ल्याब, कार्यालय,पुस्तकालय, बिरामी कक्ष लगायत संचालन हुदै आएकाे क्याम्पस प्रमुखकाे प्रतिबेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने तथा अक्षयकोष स्थापनार्थ रकम प्रदान गर्ने तथा क्याम्पसलाई विभिन्न रुपमा सहयाेग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने क्याम्पसद्वारा आयोजित खेल सप्ताह तथा विभिन्नि क्रियाकलापमा उत्कृष्टटा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा शिल्ड र मेडलसहित पुरस्कृत गरिएको थियो ।

क्याम्पसले वार्षिक रुपमा प्रदान गर्ने स्टुण्डेण्ट अफ दि एयरको उपाधि समीक्षा थापाले हात पार्न सफल हुनुभएको छ भने वेस्ट कन्सेप्टरकाे अवर्ड सरदा पाण्डे र सुस्मिता सपकाेटाले जित्नु भएको छ ।

कार्यक्रममा सैनामैना नगरपालिका नगरउपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका पुर्व नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, पर्रोहा मा.बि का प्रधानाध्यापक बल बहादुर के.सी लगायतले क्याम्पसको बिषयमा बोल्नु भएको थियो ।

क्याम्पस संचालक समिति उपाध्यक्ष मिन प्रसाद पौडेलको स्वागत रहेको कार्यक्रममा क्याम्पसका प्रध्यापक जगन्नाथ गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

top